free website hit counter

महारानीको आदेशपछि ह्यारी र मेगनको शाही उपाधि हट्यो

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका बेलायती राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा बकिङघम दरबारले गरेको छ ।
राजपरिवारमा लामो छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले त्यसलाई मन्जुरी दिएकी छन् । अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग गर्ने छैनन् भने नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् । नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुबाट लागू हुनेछ । दरबारका अनुसार शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्नेछ । बेलायतकी महारानी एलिजाबेथले थप स्वतन्त्र जीवन जीउने ह्यारी र मेगनको चाहनालाई समर्थन गर्ने बताएकी छन् ।

सम्बन्धित समाचार