free website hit counter

महालक्ष्मीले ल्यायो ‘सामुहिक म्यादी जीवन बीमा’

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘सामुहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ । एउटा बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने यस बीमालेखको विशेषता रहेको कम्पनीले जनाएको छ । आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा कम्पनीले यस्तो योजना ल्याएको हो । यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधि भित्र थपघट गर्न सकिने सुविधा रहेको छ ।

यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवश समूहका सदस्यको दुर्घटनाबाट मृत्यु भएमा थप बीमाङ्क बराबर रकम प्रदान गरिने, बीमा अवधि भित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बीमाङ्कको १५ प्रतिशत वा ५० हजार रूपैयाँ जुन कम हुन्छ सो रकम थप प्रदान गरिने बताइएको छ । 

Advertisement
Advertisement

साथै, बीमा अवधि भित्र बीमितको दुर्घटनाबाट आंशिक अशक्तता भए बीमाङ्कको अनुपातिक रकम क्षतिपूर्ती प्रदान गरिने छ भने पूर्ण अशक्तता भएमा बीमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ ।

Advertisement
Advertisement

एकदमै न्यून बीमाशुल्कमा बीमा गर्न सकिने यस बीमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्गबाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यनीकरण गर्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार