free website hit counter

महालक्ष्मी लाइफद्वारा साइन्स अफ सेल्ससम्बन्धी प्रशिक्षण सम्पन्न

beemaadmin
२०७९ असार ७, मंगलवार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साइन्स अफ सेल्ससम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा– उपशाखाको अभिकर्ताहरुलाई विक्रि कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा असार ४ गते कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेका थिए भने ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखारउपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार