free website hit counter

महालक्ष्मी लाइफले पनि थाल्यो आईपीओको प्रक्रिया

beemaadmin
२०७७ माघ ११, आईतवार

काठमाडौं । कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन ३ गतेलाई साधारणसभा बोलाउने भएको छ । महालक्ष्मीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन । कम्पनीको रजिष्टर्ड कार्यालयलको ठेगाना परिवर्तन गर्ने र सोही बमाजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

सम्बन्धित समाचार