काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र संचालकमा रविराज भट्टराई नियुक्त गरेको छ । चार्टर्ड एकान्टेन्ट भट्टराईले इन्सिच्यूट अफ चार्टड एकाउन्टेस इण्डियाबाट सिएको उपाधी प्राप्त गरी त्रिभुवन विश्वविधालयबाट एमबिए को डिग्री समेत हासिल गरेका व्यक्ति हुन् । नविल बैंक र विभोर विकास बैंकमा काम गरिसकेका भट्टराई वित्त क्षेत्रका विज्ञ मानिन्छन् ।