काठमाडौं । राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपाली क्रिकेटर पारस खड्काले ५१ लाख रुपैया पर्ने गाडी चढ्ने भएका छन् ।उनलाई यो अवसर महिन्द्रा गाडीको आधिकारिक विक्रेताले जुराइदिएको हो । उनी महिन्द्रको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटको ब्रान्ड एम्बेसडर नियुक्त भएसंगै महंगो गाडी निःशुल्क चढ्ने अवसर पाएका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई आज अग्नि इन्कर्पोरेटले एम्बेसडरमा नियुक्त गरेको हो । खड्काले अब कम्पनीको महिन्द्राको एक्सयुभी ३०० चढ्न सुरु गरेका छन् । पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।
ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएलगत्तै खड्काले ५० लाख ७५ हजार मूल्यको महिन्द्रा एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट चढ्न सुरु गरेका छन् । खड्काले आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएकाले आफ्नो रोजाइमा महिन्द्रा परेको बताए । यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्द्धक थिए ।