free website hit counter

महिला लघुवित्तद्वारा लाभांश संशोधन

beemaadmin
२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले प्रस्तावित लाभांशमा संशोधन गरेको हो। बैठकले प्रस्तावित लाभांशमा संशोधन गर्दै अब चुक्तापुँजी १० करोड रुपैयाँको ४७।५ प्रतिशतले हुन आउने ४ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र २।५ प्रतिशतले हुन आउने २५ लाख रुपैयाँबराबरको नगद लाभांश ९कर प्रयोजनका लागि० वितरण गर्ने निर्णय गरेको छ। संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ। यसअघि गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेको थियो।

सम्बन्धित समाचार