free website hit counter

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

beemaadmin
२०८३ असार ८, सोमबार

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ।

Advertisement
Advertisement

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ।

Advertisement
TEST

कम्पनीले स्थानीय बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, ३४ हजार ४०० कित्ता शेयर कर्मचारी तथा ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

दोस्रो चरणअन्तर्गत कम्पनीले बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ्स नेपालले केयरएनपी डबल बी प्लस (CARE-NP BB+) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

माउन्ट एभरेष्ट पावरले सञ्चालन गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट सी–आस्बा प्रणालीमार्फत वा सिडिएससीको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार