free website hit counter

माघ १२ गते आइतबारदेखि १८ गते शनिबारसम्म

beemaadmin
२०७६ माघ १२, आईतवार

माघ १२ गतेअन्तराष्ट्रिय भन्सार दिवस ।

माघ १३ गते कुष्ठरोग दिवस ।

माघ १५ गते नेपालनर्सिङ्ग दिवस ।

माघ १६ गते वसन्तपञ्चमी, शहिददिवस ।

मेष : अधुरा चाहाना पुरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमाप्रभुत्वजमाउन सकिनेछ । रोकिएकाकार्यहरुको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्नगर्दा ढिलाइ नगर्नुहोला, अन्यथापछि परिनेछ । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्नेछिन । सवारी साधनचलाउँदा संयमताअपनाउनुहोला ।

वृष : नगरेका गल्तिको आरोप आइलाग्ने सम्भावना छ । लेनदेनमाविवादको सामना गर्नुपर्ला । सोमबार पछिका दिनमाभाग्यले साथदिदै काममा सफलतामिल्नेछ । थालिएकाप्रयासहरु सकरात्मक रहनेछन । मठमन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न थपउर्जा मिल्नेछ । निलो रंगको प्रयोग गर्न सके विभिन्नखाले समस्याबाट जोगिन सकिनेछ ।

मिथुन : आफ्ना सिर्जनशील रचनाले प्रतिष्ठित व्यात्तिको मन जित्न सक्नु हुनेछ । इष्ट मित्रबाट प्राप्त सुझाबले भलोगर्नेछ । दोष थुपार्नेहरु प्रशंसा गर्न थाल्नेछन् । पुरुषार्थहरुद्धारा गरिएका सेवाले उचाइमापुग्न मद्धत गर्नेछ । निलो पहिरनले कार्य क्षेत्रमाविशेष लाभ पुर्याउनेछ । मन मिल्ने मित्रहरुले नौला स्थानको भ्रमण गर्ने प्रस्ताव राख्नेछन् ।

कर्कट : हातलागेका अवसरहरुलाई निरन्तरतादिन सके भविष्यकोचिन्ता सहजै निर्मुल हुनेछ । चियोचर्र्चा गर्नेहरुसगँ सावधानीअपनाउनुपर्नेछ । प्रेम प्रेमिकाबिचउत्पन्नसमस्या समाधान गर्न नयाँ रणनिती आवश्यक देख्न्छि । साताको अन्त्यमा सवारी साधनखरिद गर्न उत्सुक भइनेछ ।

सिंह : लामो समयदोखी रोकिएकाकार्यहरु विना झनझट सम्पन्नहुनेछ । मन पराएकाहरुले दोहोरो भुमिकानिर्वाहागर्दा अल्मल परिनेछ । परिश्रम तथालगानिअनुसार व्यवसायले साथनदिन सक्छ । भविष्यको चिन्ताले सताउनेछ । वैदशिक भ्रमणको अवसरछ ।

कन्या : मेहनतपूर्वक गरिएको काममाअपजस आइलाग्दा निराशउत्पन्नहुन सक्छ । योग, ध्यानतथा भ्रमणले तनावकम गर्न सहयोग पुर्याउन छ । धार्मीक भ्रमण मनोरञ्जनमा परिणत हुनेछ भने भोज भतेरमा समेत सहभागीभइनेछ । ससाना त्रुटीहरुलाई औल्याँउदै प्रेमीका टाढिन सक्ने भएकालेउनको भावनाबुझने प्रयास गर्नुहोला।

तुला : सुझावदिनेहरु प्रशस्तै भेटिनेछन । आम्दानीहुने विविधव्यवसाय सञ्चालन गर्न पारिवारिक मत मिल्नेछ ।प्रतिस्प्रर्धिहरुलाई पछि पार्दै मित्रता, मधुरता, प्रेमले सार्थक परिणामको नजिक पूर्याउनेछ ।निलोरंगलाईअवलम्वनगर्न सके तपाईको आत्माविश्वासमा सहयोग पुग्ने छ ।साताको अन्तयमा स्वास्थमाअसहजतामहसुशहुन सक्छ ।

वृश्चिक : नयाँअवसरले थप मेहनतको अपेक्षा गरेको छ । भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीहरुका कारण मन खिन्नहुन सक्छ । धार्मीक कामले संयमित रहन प्रेरित गर्नेछ । कार्य सम्पन्न गर्ने क्रममाअपजसको सामना गर्नुपर्ला । रातो रंगको प्रयोगले मानसिक राहतप्रदान गर्नेछ । चिसो वार्तावरणबाट सुरक्षीत रहनु पर्नेछ ।

धनु : तपाईको यो साताआन्नदमय रहनेछ । पूण्यकमाउनसकिनेछ । कार्य क्षेत्रकाझिनामसिना झन्जट भने रहिरहन सक्छन्।धैर्यताकायम गरे केही समस्याबाटउमुक्तिपाइनेछ । प्रेमिप्रेमीकाले ससाना त्रुटिलाई अ‍ौल्याँउदा पे्रममातुषारो लाग्न सक्छ । पहेलो रंगको पहिरनले उर्जा प्राप्त भै कार्य सम्पन्न गर्न सहजबनाउनेछ ।

मकर : नयाँ स्थानको भ्रमणहुनसक्छ । साथीहरुबाट एवं नयाँकामबाटप्रर्याप्तलाभलिन सकिनेछ । प्रतियोगितात्मककार्यक्रममा पुरस्कृत हुने सम्भवना छ । स्वास्थमा सामान्य गडबडी देखा पर्न सक्छ । सेतो तथाकालो रंगकोप्रयोग कमभन्दाकम नै प्रयोगगर्नुहोला । मंगलबारपछिकादिनमा महत्वपूर्ण कार्य सम्मन्नहुन सक्छन।

कुम्भ : सरकारी क्षेत्रको प्राप्तसम्मान र पदोन्नतीले उत्साहथप्नेछ । लक्ष्यप्राप्तीकोमार्गमादत्तचित्त भै संलग्नहुदाँ सोचेजस्तै सफलताप्राप्तहुन्छ । विदेश जाने अवसर हातपनिजुर्न सक्छ । सामाजिक नेतृत्ववहन गर्नेअवसर नगुमाउनुहोला । अभिभावकले आफ्नोभावनाको वेवास्था गर्नेछन । सुनौलो रंग प्रयोग गर्दासफलतालाई सजिलैसगँआत्मासात् पुगिनेछ ।

मीन : प्रतिस्पधीहरुले कामबिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमाहुनेछ । अध्ययनको क्षेत्रमादेखिा परेको अलमलको अवस्थाअन्त्यहुनेछ। उच्चशिक्षाकालागिचुनिएको बिषयले भविष्यको सही बाटो देखाउनेछ । आफ्ना सामु देखा परेका चुनैतीको सामना सजिलैसग ँगर्न सकिनेछ । सेतो रंगकोप्रयोगले दैनिकीलाई सहजबनाउनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार