free website hit counter

माघ १९ गते आइतबारदेखि २५ गते शनिबारसम्म

beemaadmin
२०७६ माघ १९, आईतवार

माघ १९ गते विश्व सिमसार दिवस ।
माघ २१ विश्व क्यानसरविरुद्ध दिवस ।
माघ २२ गते भीमाएकादशी ।

मेष : व्यवसायिक क्षेत्रमा सुधारका संकेत देखा पर्दैछ । धातुको कारोबारमा थप लगानि गर्दा मनग्य लाभ हुने योग देखिन्छ । व्यापारको सिलसिलामाविदेश भ्रमण हुनेछ ।प्रयासहरू सफलहुदै जानेछन । पहेला रंगका पहिरन तथा बोलिको प्रभावले रोकिएको काम सुचारु हुनेछन । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ ।

वृष : मनका भावना साट्ने मित्र भेटिँदा अरुले डाह गर्न सक्छन । प्रतिस्पर्धिहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछ । कसैसगँ खुलेर कुराकानी गर्दा गोपनियताको हेक्का राख्नुहोला । जोडी नम्बरको सवारी साधन प्रयोग गर्दा यात्रा सहजहुने देखिन्छ । मंगलबार र बिहीबार स्वास्थमा केही गडबडी देखा परे पनि जटिलताहरू क्रमश कम भएर जाने छन् ।

मिथुन : विदेश भ्रमणमा सहभागी हुदाँ अवसर र चुनौति दुवै आइ लाग्न सक्छ । जिम्मेवार वहन गर्ने समय आएको छ । अरुको मन सजिलै जित्न सकिनेछ । श्रृंगार तथा सजावटको कार्यमा सफलता प्राप्त हुनेछ । गुलिया वस्तुहरू कम सेवन गर्नुहोला । सोचे जस्तै लाभ हासिल भई दिगो लगानिको ढोका समेत खोलिनेछ ।

कर्कट : मित्रवर्गको सहयोगका कारण विशेष उपलब्धिहात पर्नेछ । समकक्षी युवायुवती माझ गुणस्तरिय परिचय बनाउने अवसर प्राप्त हुनेछ । सामाजिक सक्रियता वृद्धि गरे परिवारकै प्रतिष्ठा बढ्नेछ । सामाजिक सञ्जालका सुझाव अनुशरण गर्दा आफैलाई फाइदा हुनेछ । मनोरञ्जन तथा भोज भतेरमा सहभागी हुदाँ स्वास्थप्रति सचेत रहनु होला ।

सिंह : आफ्नो क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । आवेश पूवर्क गरिएका कार्यले सोचे जस्तो परिणाम नदिन सक्छ । प्रतिस्पर्धाबाट सफलाको प्राप्तहुने छ । मित्रसगँ गरिएका लगानिबाट प्रयाप्त लाभ लिन सकिनेछ । अचानक पे्रम प्रस्ताव आउनसक्छ, विवेक पुर्याएर निर्णय गर्नुहोला । आकस्मिक यात्रा गर्दा सचेतता अपनाउनु होला ।

कन्या : निरन्तर फाइदा हुने कार्य प्रारम्भ गर्ने अवसर जुटन सक्छ । प्रलोभन देखाउनेहरूसगँ टाढा रहदै प्रतिष्ठा जोगाउन प्रयास गर्नुहोला । प्रेमको बन्धन अझ कसिएला । बुधबारपछिका दिनहरूमा विविध मठ मन्दिर तथा मनोरञ्जन स्थलको भ्रमण गरिनेछ । खानपान तथा भोज भतेरमा संलग्न हुदाँ समयको ख्याल गर्नु पर्नेछ ।

तुला : सबै खाले साथी भाइहरूप्रति विश्वास नगर्नु होला । टाढाको भ्रमणमा जान परिवारले बन्देज लगाउन सक्छन जिद्धि गरे यात्राको सम्भावना छ । आफुभन्दा जेष्ठ सदस्यहरूले तपाईको करियर तथा सम्भावनाहरूलाई मार्गदर्शन गरी थप महत्वपुर्ण सुझाव दिनेछन् । मान्यजनको भनाई पालनागर्दा थोर बहुत मानसिक पिडा भए तापनि अन्नतः फाइदा नै हुनेछ ।

वृश्चिक : रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । विपरीत लिंगीले प्रेमको प्रस्ताव राख्ने सम्भावना छ । कुनै पनि काममा ढिलई गर्नु आफ्नो हितमाहुने छैन । गरिव तथा असाहयलाई सहयोग गरि प्राप्त अभिवादले प्रतिस्प्रर्धीलाई उछिन्न हौसला प्रदान गर्नेछ । खरानी रंगलाई प्राथमिकता दिएमा फाप्ने देखिन्छ ।

धनु : प्रेम प्रस्तावले मनमा कौतुहलता भइरहनेछ । यात्रामा हेलचेक्रयाँइ गर्दा आर्थिक नोक्सानिमा पर्न सकिने सम्भावना देख्न्छि । नयाँ कार्य सफल पार्न थप खर्च एवं मेहनतको आवश्यकता पर्नेछ । सुनौलो रंगको पहिरनले सहजता महसुस गरिउनेछ । साता मठ मन्दिर तथा अन्यविवध स्थानहरूको परिक्रमा तथा भ्रमणमा व्यतित हुनेछ ।

मकर : आफन्तबाट हुने आलोचनालाई सकरात्मक रुपमा लिए त्यसबाट लाभलिन सकिनेछ । चिसोले स्वास्थमा प्रभाव पार्न सक्छ सचेत रहनुहोला । आर्थिक अभावको वेवास्था गर्दै आकर्षक सवारी साधन खरिद गरिनेछ । विदेशि साथीसगँको भेटले नयाँ अनुभवप्रदान गर्नेछ । विपरित लिंगी साथी तपाईप्रति आकर्षित भएको अवस्था छ ।

कुम्भ : सेवारत कर्मचारी वर्गमा उच्चओहदाका व्यक्तिहरूले निगरानी राख्नेछन् । मन पराउनेले वेवास्थागर्दा मानसिक तनावले सताउन सक्छ । मन मिल्ने मित्रहरूको सुझाबले उक्त तनावबाट मुक्त भइनेछ । नियमित शारिरीक व्यायाम तथा योग गर्नाले थप ऊर्जा प्राप्त हुनेछ । रुचि नहुदाँ नहुँदै पनि भोज भतेरमा सहभागी हुनुपर्ने छ ।

मीन : मनभित्रका डर, भय, चिन्ता स्वतः उत्साहमा परिणत हुनेछन् । कुरा काटनेहरू तपाईको जिवनशैली परिर्वतन भएको देखेर लोभिने छन् । यात्रा तथा भ्रमण गर्दा महत्वपुर्ण कागजात एवं सरसामान हराउने सम्भावना भएकाले सचेत रहुन होला । स्वदेशमा नै लगाानी गरी मुनाफा आर्जन हुने क्षेत्रको पहिचान गर्न सकिनेछ । स्थान परिवर्तन तथा पदोन्नतीको योग टरेको छैन ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार