free website hit counter

माघ २६ गते देखि फागुन ३ गतेसम्म

beemaadmin
२०७६ माघ २६, आईतवार

माघ २६ गते स्वस्थानी समाप्ती ।
फागुन १ गते विश्व रेडियो दिवस ।
फागुन २ भ्यालेन्टाइन डे ।

मेष : आफनो छवि तथा प्रभावलाई मनपराउनेहरुको धुइरो लाग्नेछ । मनोरञ्जनका क्रममा साथीहरुसगँ लामो तथा छोटो यात्रा हुनसक्छ । रातो रंगको उपहार आदानप्रदान गर्दा मन प्रफुलित हुनेछ । दु्रतगतिमा साधन नचलाएर नै सुरक्षित भइनेछ । चिसो पेय पर्दाथको सेवनमा कमी ल्याउनु आफनो हितमाहुनेछ ।

वृष : पूर्व परिचित मित्रहरुले तपाईको व्यक्तित्वलाई मन पराइ प्रेम प्रस्ताव गर्ने मनसाय बनाएका छन् । भावनालाई बुझने प्रयत्न गर्नुहोला यसै सिलशिलामा क्रिम कलरको उपहार आइलाग्न सक्छ धन्यबाद टक्रयाउन नभुल्नुहोला । भ्रमणको क्रममा आफुले खर्च गर्दा कन्जुस्याई नगर्नु नै फलिफाप हुनेछ । रात्रि अवेरसम्मको खानपानमा ध्यान दिनुहोला ।

मिथुन : पारिवारिक सुख सुविधाको निम्ति विलासिताको सामाग्री खरिदमाखर्च गर्नुपर्ने हुन्छ । प्रेमिकासगँ पश्चिमतर्फको यात्राले लाभदायक तथा आन्नदित तुल्याउनेछ । मंगलिक कार्यको तिथिमिति तय हुने सम्भावना देखिन्छ । धनागमनमा रहेका चुनौतिहरु यथास्थितिमा नै रहनेछन् । साताको मध्यमान सोचेको उपहार आइलाग्न सक्छ ।

कर्कट : विश्वास पात्रलाई वचनदिदाँ संयमता अपनाउनु होला । विभिन्न परिकारमा रमाउँदै प्रेमिकासगँ रसापान गरिनेछ । ठुला लगानिबाट सोचेजस्तो मुनाफाहात पर्न सक्छ । ठुला खाले कार्य सम्पन्न गर्दा ढिलो निर्णय दिनु उचित हुनेछ । अभिभावकको रुचिको ख्यालगर्दा आर्थिक हौरानी स्वतः दुर हुनेछ ।

सिंह : प्रसिद्ध पर्यटक स्थलमा प्रेमिकासगँ भावना आदन प्रदान हुनेछ । तपाईको क्षमतालाई यत्रतत्र सर्वत्र प्रशंसा गर्दै विभिन्न अवसरहरु स्वतः स्फुर्त आइलाग्ने छन् । शिक्षा हासिल गर्ने सिलशिलामा विदेश यात्राको कार्य दु्रतगतिमा सम्पन्न गरेमा विशेष फाइदा पुग्नेछ । भविष्यको चिन्तालाई संयमद्वारा परास्त गर्न सकिनेछ । स्वास्थ सम्बन्धि गडवडीले सताउनभने सक्नेछ ।

कन्या : प्रेमिकाको सहयोग तथा उत्प्रेरणाले उचाइमा पुगिनेछ । मनका भावना साट्ने अवसर मिल्न सक्छ । जोडी नम्बरको सवारी साधन प्रयोग गर्दा यात्रा सहजहुने देखिन्छ । प्रतिस्पर्धिले काममा तगारो लगाउने प्रयास गरे तापनि विफल हुनेछ । कसैसगँ खुलेर कुराकानी गर्दा गोपनियतामा हेक्का राख्नु होला ।

तुला : साता खर्चीलो रहनेछ । प्रेमिका तथा नातेदारबीच मांगलिक तथा जन्मोत्सवकार्यमा उपहार दिन राम्रै धन खर्च गर्नु पर्ने हुन सक्छ । आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी प्राप्त गर्न अझ केही समय कुर्नु पर्नेछ । भ्रमण गर्दा अत्याशयक खर्चको जोहो वेगर नै सहभागी भइनेछ । निलो रंगले शुभ संकेत दिलाउन सक्छ ।

वृश्चिक : केही दिनको अन्तरालमा मायालुसगँ भेट हुदाँ हर्ष सगै वेदनाहरु आदान प्रदान हुनेछन् । खानपान एवं जीवनचर्याले स्वास्थमा गडबडी निम्त्याउन सक्छ । बुधबारपछिका दिनहरुमा सहयोगको नाटक गर्नेहरुले फन्दामा पार्न षड्यन्त्र गर्न सक्छन् । विधुतिय उपकरणहरु संचालनगर्दा होस् पुर्याउनु पर्नेछ ।

धनु : रोजगारीका निम्ति अन्तरवार्ताको बोलावट प्राप्त हुने सभावना छ । कला कौशल देखाएर तन्नेरी माझ फरक अनुभुती दिन सकिनेछ । केहि दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित भै टाकटुक समेत पर्न सक्छ । परोपकार कार्यमा वृद्ध वृद्धाहरुलाई फलफुल तथा वस्त्र सहयोग गर्दा आर्शिवाद पाइनेछ ।

मकर : प्रियजनको सहयोगमा वैदेशिक यात्राको प्रवल सम्भावना छ । पराक्रमको प्रशंसा हुनुका साथै आफ्नो कामको सर्वत्र मुल्यांकन हुनेछ । प्रेमि प्रेमिकाबीच विवाद उत्पन्न हुन सक्छ । साताको अन्त्यमा बहुमुल्य उपहार प्राप्तहुनेछ । सुनौलो रंग प्रेरणादायी सावितहुने छ ।

कुम्भ : तपाईको यो साता आन्नदमय रहनेछ । गहिरो अध्ययनले ज्ञानको दायरा बढाउन मद्दत गर्नेछ । कार्य क्षेत्रका झिनामसिना झन्जट भने रहिरहन सक्छन्, धैर्यताले उमुक्ति पाइनेछ । ससाना त्रुटिलाई प्रेमिकाले औंल्याँउदा पे्रममा तुषारो लाग्न सक्छ । निलो रंगको पहिरनले ऊर्जा प्राप्त भै कार्य सम्पन्न गर्न सहज हुनेछ ।

मीन : आकर्षक पहिरनले अरुको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यमा पुनः प्रयत्नगर्दा सफलता प्राप्त होला । साथीसंगीहरुसगै रमाउादै विशेष परिकारको आन्नदलिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लागााउनेछ । साताको अन्त्यमा राजनितिक क्षेत्रमा सहभागीहुने अवसर जुट्नेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार