free website hit counter

माघ ५ आइतवार देखि माघ ११ गते शनिबारसम्म

beemaadmin
२०७६ माघ ५, आईतवार

माघ ६ गते षट्तिला एकादशी । ११ गते सोनम ल्होसार ।

मेष : सामाजीक क्षेत्रमा रचनात्मक भुमीका निर्वाहा गर्दाप्रतिष्ठा पाइनेछ । पारिवारिक जिम्मेवारी वहन गर्दा खर्चको मात्रा बढ्नेछ । नयाँ अवसलेपिछा गरेको अवस्था छ जसबाट आर्थिक परिवर्तन समेत हुने सम्भावना छ । भैतिक साधन खरिद गर्न आकर्षित भइनेछ । ससाना खर्चले भने पिरोलि नै रहनेछ ।

वृष : पूर्व परिचित मित्रले मन पराएको प्रस्तावलाई पारिवारिक रुपमै अनुमोदन गर्दै मङ्गलिक तिथि तय गर्ने सम्भावना छ । कार्य स्थलको स्वरुपअनुसार पहिरनमा ध्यान दिनुहोला । गफमा समय व्यतित गर्ने साथीभाइहरुबाट टाढै रहनुहोला । व्यवहारिक विषयमा खर्च गर्नुपर्दा कन्जुसी प्रदर्शन नगर्नु नै आफनो हितमा हुनेछ

मिथुन : निलो रंगको रचनात्मक प्रयोगले लाभ मिल्नेछ । प्रतिस्प्रर्धामा सम्मानजनक स्थान प्राप्त हुनेछ ।मित्रहरुले दिएका वचनहरु पुरा हुनेछन् । आफूभित्रको भय उत्साहमा परिर्वतन भई समाज सेवातर्पm आकर्षित भईनेछ । मनोरञ्जनमा सहभागि भै सवारी चलाउँदा विशेष ध्यान पुर्याउनुहोला ।

कर्कट : खानपान तथा मौसमको फेरबदल भै शारिरीक दुर्वलता देखा पर्न सक्छ । डाहा गर्नेहरु भित्रभित्रै प्रशंशा गर्न थाल्नेछन । संयम एवं बोलिको मघुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ । यो साता परिवारजनलाई सहयोग गर्नबाट टाढै रहनु होला ।

सिंह : होसियारपूर्वक गरिएको कार्यबाट प्रर्याप्त आर्थिक लाभ प्राप्त गर्न सकिनेछ । रोजगारीका अवसर प्राप्त हुन सक्छ । अन्योलका विच उन्नतीको मार्ग प्रशस्त हुनेछ । विश्वास पात्रलाई वचन दिदा संयम अपनाउनुहोला । साताको अन्त्यमा भैतिक साधन खरिद गर्ने विविधस्थानमा अवलोकन गरिनेछ ।

कन्या : कुनै पनि कार्य सम्पन्न गर्दा धैर्यतालाई महत्व दिनुहोला । सामाजिक सञ्चाल मार्फत अचानक प्रेम प्रस्ताव आइलाग्न सक्छ ।प्रतिस्प्रर्धालेसफलता सगैँ पुरस्कृतसमेत भइनेछ । आवेशमा गरिएकोकामले उल्टो परिणम देलाउन सक्छ । परिस्थितिअनुरुप निर्णय गर्नुहोला । हरियो रंगको प्रयोग फाइदाजनकहुनेछ । आइतबारर बुधबार महत्वपुर्ण काम सम्पन्न हुनेछन् ।

तुला : अरुलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । जिद्दि गरी गल्ती सच्याउन खोज्दा अझ पछि परिनेछ । खराव आचरण भएकाहरुले पिछा गर्न सक्छन । सेयर बजारमा गरिएको लगानिले केही समय पछि नाफा दिलाउनेछ । आर्थिकअभावलाई निराकरण गर्न बैकल्पिक उपाय पहिल्याउन सकिनेछ ।

वृश्चिक : संयमित भै खानपान र जीवनचर्यामा ध्यान दिए स्बास्थ्य समबन्धिसमस्याबाट मुक्त भइनेछ । पक्कापक्की भै सकेका व्यवसायसञ्चालनमा ढिला सुस्ती हुन सक्छ । गोपनियता भंग भै काममा धोका हुन सक्छ । प्रयत्न गरे अरुको मन सजिलै जित्न सकिनेछ । वैदेशिक योजना सफल हुन सक्छ ।

धनु : सरोकार नभएका विषयमा समय खचिर्दा पछि परिनेछ । साथीसगँको जमघटमा नौला एवं स्वादिस्ट खानपानको आन्नद उठाउने पाइनेछ । विलसिताका सामग्री खरिद गर्न उत्साह जाग्नेछ । प्रतिष्ठित व्यक्तिको प्रेरणाले ज्ञान आर्जन गर्ने अवसर मिल्न सक्छ । साताको प्रारम्भ भन्दा उत्तरार्ध नै बढि लाभदायिक देखिन्छ ।

मकर : आकस्मिक यात्रा गर्दा आर्थिक लाभ समेत होला । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनसक्छ ।योजना सफल हुन कठोर मेहनत गर्नुपर्ने हुन सक्छ । सभा सेमिनार तालिम आदिमा सहभागि हुने अवसर प्राप्त हुनेछ । निलो रंगको प्रयोग शुभ रहनेछ । विदेशी पाउनाहरुसगँ भेटघाट हुने सम्भावना छ ।

कुम्भ : अध्ययनमको क्षेत्रमा प्रर्याप्त समय दिन नसकिएला । सरोकार नभएका विषयमा चासो राख्दा दुःख पाइनेछ । आइतबारदेखि कतिपय बाधा स्वतः हट्नेछन भने प्रशासनिय काम गरेर हितैषीहरुको सहयोग जुट्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन लामो समय कुर्नु पर्ने छैन । गल्ती सच्याँउने स्वाभावले बिग्रिन लागेका काम समेत फत्ते हुनेछन ।

मीन : अनुशासन एवं मर्यादा पालनले आफुलाई थप उचाइमा पुर्याउन सहयोग गर्नेछ । विदेशका लागि गरिएको प्रयत्न सफल हुनेछ । मिल्ने साथीभेटिदै प्रेम बन्धनको गाँठो कसिने सम्भावना छ । बोलिको प्रभावलेमायाँको गाँठो अझ कसिन सक्छ । सरोकार नभएका विषयमा चासो राख्दा प्रेमिकाचिडिनेछिन ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार