free website hit counter

माछापुच्छ्रेले दिने भयो १६ प्रतिशत लाभांस

beemaadmin
२०७६ भाद्र १४, शनिबार

११ प्रतिशत नगद, ५ प्रतिशत बोनस शेयर
काठमाडौं। अनुभवी व्यवसायी डा. बिरेन्द्रप्रसाद महतो अध्यक्ष रहेको माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकले गत बर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंकले गत आर्थिक बर्ष १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ४५ करोड रुपैयाँ छ। देशभर यस बैंकका १३६ वटा शाखा कार्यालय छन्। बैंकका १२१ शाखारहित बैंकिङ सेवा इकाइ सञ्चालनमा छन्।

सम्बन्धित समाचार