free website hit counter

माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहित प्रति ऋणपत्र १,००० कायम भएको उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । ऋणपत्र सूचिकृतसम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार