free website hit counter

माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहित प्रति ऋणपत्र १,००० कायम भएको उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो । ऋणपत्र सूचिकृतसम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् । सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

सम्बन्धित समाचार