free website hit counter

माछापुच्छ्रे बैंकले ल्यायो यस्ता अफर

beemaadmin
२०७६ आश्विन १, बुधबार

काठमाडौं । माछापुच्छ्रे बैंकले १९ वर्ष पुगी २० औं वर्षमा प्रवेश गरेको छ । २० वर्षको परिपक्व उमेरमा पुगेको बैंकका पुर्व झापादेखि पश्चिम कन्चनपुर तथा हिमाल, पहाड, र तराईसम्म आफ्ना १ सय ३७ वटा शाखाहरु, १ सय २८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६५ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ । देशभर बैंकका १ सय ६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।
औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ। असोज महिनाभर सम्पूर्ण शाखाहरुमार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो।
बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क रुपमा खोलिदिनेछ। त्यस्तै माछापुच्छ्रे महोत्सवअन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंक लि।को डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरिद गर्दा १० प्रतिशतसम्मको क्यासब्याक अफर सुविधा प्रदान गर्नेछ। योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआररयुएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार