free website hit counter

माछापुच्छ्रे भित्र्यायो १० मिलियन डलर

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । तरलता अभावलाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।
यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात एक अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो ।
नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।
माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

सम्बन्धित समाचार