free website hit counter

माछा मार्ने क्रममा समुद्रमा डुबेर अस्ट्रेलियामा दुई जना नेपालीको ज्यान गयो

beemaadmin
२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौं । अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको ज्यान गएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको ज्यान गएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३ बजेतिर चट्टानबाट युवाहरू खसेको थाहा पाएपछि हेलिकप्टर, अत्याधुनिक उद्धार डुङ्गासहित खोजकर्ताहरू खटिएका थिए । बेलुका मात्रै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरू खसेको सिड्नीको केप सोलान्डर ड्राइभ निकै खतरनाक ठाउँ मानिन्छ । त्यहाँ माछा मार्नेहरूलाई जीवनरक्षक ज्याकेट लगाउन अनिवार्य गरे पनि अटेरी गर्दा बारम्बार दुर्घटना हुने गरेको खबरमा उल्लेख छ ।

सम्बन्धित समाचार

१३ लाख मानिसले उपत्यका छाडे

beemaadmin
२०८१ आश्विन २६, शनिबार

आज विजयादशमी, आफैँमा शुभ दिन

beemaadmin
२०८१ आश्विन २६, शनिबार

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ आश्विन २६, शनिबार