free website hit counter

माछा मार्न गएका दुई नेपालीको मृत्यु

beemaadmin
२०७६ पुष २९, मंगलवार

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका दुई नेपालीको ज्यान गएको छ । माछा मार्न समुन्द्रमा गएका २ नेपालीलाई छालले बगाएर मृत्यु भएको हो । ज्यान गुमाउनेमा धादिङ थानेबास गाउँपालिका घर भइ हाल बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइवा रहेको बताइएको छ ।
उनीहरु समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’मा माछा मार्नेक्रममा समुन्द्रको छालमा परेका थिए । कमलका चार तथा सुरजका तीन छोराछोरी छन्। डेनमार्कमा केही समय बसेर उनीहरु ९ महिनाअघि पोर्चुगलमा रहेको एभरेष्ट रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।
दुबै निषेधित क्षेत्रमा गएर माछा मार्ने क्रममा दाजुलाई पहिला बगाउँदा भाइले बचाउन खोजेको र दुवैको ज्यान गएको बताएको न् । पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार