काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले ११ लाख ४९ हजार ९८२.५९८ कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले गर्नेछ ।