free website hit counter

माथिको आदेश भन्दै रोकियो ई–पासपोर्ट छाप्ने बोलपत्र

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौँ । माथिको आदेश भन्दै परराष्ट्र मन्त्रालयले ई–पासपोर्ट छाप्नेसम्बन्धी बोलपत्र एकाएक रद्द गरेको छ । बोलपत्र खोल्ने मिति भन्दा एक दिन अगाडि मात्रै राहदानी विभागले एकाएक टेन्डर रद्द गरेको हो । राहदानी छपाईको बोलपत्र निश्चित कम्पनीहरुको मात्रै प्रावधान पुग्ने गरी गरेका कारण विवाद हुँदै आएको थियो। ई–पासपोर्ट प्रणालीमा जाने निर्णय गरी सरकारले ५० लाख राहदानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसअनुसार गत भदौ १० मा जारी भएको बोलपत्रमा सुरुमा ४५ दिनको मिति राखिएकोमा बीचमा दुई पटक म्याद थपेर बोलपत्र खोल्ने मिति सारिएको थियो ।

१० अर्बको पासपोर्ट छपाईमा यति ठूलो खेल

विभागका अनुसार अहिले करीव ७ लाख ५० हजार एमआरपी स्टक छ र यसले बढीमा १ वर्षसम्मका लागि सेवाग्राहीलाई एमआरपी उपलब्ध गराउन सकिनेछ। यसो त अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकाय (आइकाओ)ले सन् २०२५ भित्रमा ई–पासपोर्ट प्रयोगमा ल्याउनुपर्ने निर्देशन जारी गरिसकेको छ। यही तयारीस्वरुप परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकै सक्रियतामा ई–पासपोर्ट कार्यान्वयनको पहल थालिएपनि हाल आएर सुस्तता देखिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार