free website hit counter

माधवका आठ भाइ मतदानमा सामेल

beemaadmin
२०७८ बैशाख २७, सोमबार

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन सामूहिक राजीनामाको तयारीमा रहेर अन्तिम समयमा रोकिएको वरिष्ठ नेता माधव नेपाल पक्षका आठ जना भने मतदानमा सहभागी भएका छन् । संसदमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्वन्धी प्रस्तावको मतदानमा एमालेको माधव नेपाल समूहका आठ जना सांसदले उपस्थित भएर पक्षमा मतदान गरेका छन् । तीन जना प्रत्यक्ष निर्वाचित र पाँच जना समानुपातिक सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका हुन् । त्यसरी मतदान गर्नेमा राजबहादुर बुढा,ध्रुव शाही,गंगा चौधरी,समिना हुसेन,पार्वती विसुंखे,हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । ध्रुव शाहीसहित तीमध्ये बुढा दैलेखका,केसी दाङका प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रोतका अनुसार समानुपातिकलाई मतदानमा जान बन्देज थिएन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार