free website hit counter

माधव नेपाल र चोलेन्द्र श्रीमानको पद धरापमा पार्ने फेरि पेशी सर्यो

beemaadmin
२०७८ फाल्गुन १, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको पद धरापमा पारेको मुद्दामा फेरि पेशी सरेको छ । एमाले अध्यक्ष केपी ओलीले आफ्ना पूर्व महासचिव र अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालसहित १४ भाइको साँसद पदरिक्तता निम्ति हाल्नु भएको मुध्दामा आज फेरि पेशी सरेको छ । यस मुध्दाको प्रतिरक्षामा खटिएका ५ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले स्वास्थ्य प्रतिकूलताका कारण बहसमा भाग लिन असमर्थता जनाउँदै दिएको निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चको ५ नम्बर इजलासले यसको पेशी सार्न मन्जुरी जनाएको हो ।यसअघि इश्वर खतिवडा र कुमार रेग्मी श्रीमानको संयुक्त इजलासले प्रस्तुत मुध्दाको सुनुवाइ भैसकेको कजलिस्टमा जनाउँदै अब निर्णय आउन मात्रै बाँकी रहेकोे आशय झल्कने विवरण वेवसाइटमा राखेको थियो ।

सम्बन्धित समाचार