free website hit counter

मापसेका कारण कमेडी च्याम्पियन टिमको कार दुर्घटना

beemaadmin
२०८० चैत्र १०, शनिबार

काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा चलचित्र निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन्। मादक पदार्थ सेवन गरी चलाएको सवराी दुर्घटनामा परेको निश्कर्षसहित प्रहरीले उनीसहित दुई जनालाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्। सुशानको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ। विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ। दुर्घटनापछि प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो। विशाल र पुजनमध्ये कसले गाडी चलाएको निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो। गाडीको अगाडि सिटमा विशाल र पुजन थिए। तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन्। कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले उल्लेख गरेको छ।

सम्बन्धित समाचार