free website hit counter

मास्क नलगाइ आएका ग्राहकलाई बैंकको गेटमै हानियो गोली

beemaadmin
२०७८ असार १५, मंगलवार

एजेन्सी । कोरोना महामारीले विश्व आतंकित छ । सबैतिर जनस्वास्थ्यका मापदण्डलाई कडाई गरिएको छ । तर सबैतिर जनस्वास्थ्यका मापदण्ड पालना गर्नेको संख्या कमै छ । हाम्रो पनि च्युडोमा माक्स लगाएर कुरा गर्ने मानिसको संख्या धेरै छ । कोरोनाभाइरसको प्रकोप बढिरहेका बेला सरकार र अन्य संस्थाहरुले मानिसहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरिरहेका छन् । तर, भारतको उत्तर प्रदेशको बरेलीमा मास्क नलगाउँदा एक व्यक्तिलाई जे भयो त्यो थाहा पाउँदा तपाइँ चकित पर्नुहुन्छ ।

बैंकमा मास्क नलगाएका कारण गर्डले एक सरकारी कर्मचारीलाई गोली हानिदिएका छन् । बरेलीमा रेलवेका कर्मचारी राजेश बैंक अफ बडौदाको शाखामा गएका थिए । यस क्रममा उनले मास्क लगाएका थिएनन् । यही कुरालाई लिएर बैंकका सुरक्षा गार्ड र उनीबीच बहस भयो र रिसाएका गार्डले उनलाई गोली हानिदिए । आरोपी गार्डको नाम केशव भएको भारतीय मिडियाले जनाएका छन् । गार्डले राजेशको खुट्टामा गोली हानिदिएका थिए त्यसपछि बैंकमा भएका मानिसहरुको भागाभाग भएको थियो । गार्ड केशवले चलाएको गोली राजेशको खुट्टामा लाग्यो त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । बरेली पुलिसले ट्वीटरमार्फत दिएको जानकारीअनुसार कुनै विषयमा बहस भएपछि केशवले ग्राहकको खुट्टामा गोली हानिदिए । पूर्वसैनिक रहेका गार्डलाई पुलिसले हत्याको प्रयासको आरोपमा पक्राउ गरेको छ । गार्डले भने सोधपुछका क्रममा आफूले जानीजानी गोली नचलाएको बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार