कोरोना रोकथाम र नियन्त्रणका लागि विश्व स्तरमा औषधि तथा भ्याक्सिनको अध्ययन तथा अनुसन्धान भइरहे पनि अझैसम्म त्यसले ठोस रुप लिन सकेको छैन । भ्याक्सिन वा औषधिको पहिचान नहुँदासम्म व्यक्ति आफैंले सजगता अपनाई बच्नु बाहेक अर्को विकल्प छैन । विश्व स्वास्थ्य संगठन लगायत कोरोना फैलिएका देशहरुले घरबाहिर ननिस्कन अनुरोध गरेकाछन्, घर बाहिर निस्कनै पर्दा मास्क अनिवार्य गर्न अनुरोध गरेका छन् । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत शुरुआतमा मास्क प्रयोग वाहियात भएको बताउँदै कोरोना नियन्त्रणमा मास्कको भूमिका नहुने बताउँदै आएका थिए । तर विज्ञहरुको सुझाव र डब्लुएचओको अनुरोधका अगाडि डोनाल्ड ट्रम्प समेत झुक्न बाध्य भए त्यसको प्रमाण हो उनले मास्क पहिरिएर सार्वजनिक स्थलमा देखिनु ।
पश्चिमी देशहरूले एशियाली देशहरूको तुलनामा कोभिड १९ संक्रमणको उच्च दरले अनुभव गरिरहेका छन् किनकी पश्चिमी मुलुकले मास्क लगाउने प्रतिबन्ध गरेको छ र एशियालीले यो चलन अपनाएका छन्। कोरना भाइरस सुरु हुदॉंदेखि अहिलेसम्म चिन मै छु। मेरो व्यक्तिगत अनुभव अनुसार चिनियाँहरुले मास्क संस्कृतिलाई कडाइको साथ अपनाएका छन्। अहिले सम्म पनि जब यहॉंको अवस्था निर्मुल भैसक्दा पनि उनीहरुले मुख मा मास्क भने लगाउन छोडेका छैनन् । म सबैले मास्क लगाएको देख्छु। जापान संसारमा सबैभन्दा कम कोभिड १९ संक्रमणको देश मध्य एक हो। यसको प्रमुख कारण जापानीज ले अनिबार्य मास्क लगाउने नियम को पालाना गरे।
काठमाडौं जस्तो भिड्भाड को सहर मा त झन् मास्क अनिवार्य छ। मास्क ले संक्रमन बाट बच्न र संक्रमन फैलिन बाट रोक्न ठुलो मदत गर्छ। मास्कको प्रयोग हाम्रो आफ्नै स्वास्थ्य सुरक्षाका लागि हो। घरबाट बाहिर निस्किदा सुरक्षित दुरी अपनाऔँ, अनिवार्य रूपमा मास्क प्रयोग गरौँ र अरूलाई पनि मास्कको प्रयोग गर्न प्रोत्साहित गरौँ। नेपालमा पछिल्लो समय सरकारले घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एक सर्कुलर पठाउँदै मास्क अनिवार्य गर्न अनुरोध गरेको छ । सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले पनि यस सम्बन्धी सूचना जारी गरिसकेको छन् । मास्क प्रयोग नगरी निस्कँदा स्थानीय प्रशासनले कारबाही गरेका समाचारहरु पनि सार्वजनिक भएका छन् । तसर्थ डब्लुएचओले समेत स्वास्थ्यसम्बन्धी मापदण्डमा रोखको र विश्वभरका देशहरुले आफ्ना नागरिकहरुलाई मास्क प्रयोग गर्न प्रोत्साहन गरेका कारण माक्स कोरोना नियन्त्रणमा सहयोगी बन्दै गएको देखिन्छ ।