free website hit counter

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

beemaadmin
२०८१ मंसिर ९, आईतवार

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५०७९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

जीवन विकास लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८१ मंसिर ९, आईतवार

५ हजार ४०० रुपैयाँले बढ्यो सुनको भाउ

beemaadmin
२०८१ मंसिर ८, शनिबार

निरन्तर पाँचौ दिन पनि बढ्यो सुन

beemaadmin
२०८१ मंसिर ७, शुक्रबार