free website hit counter

मिथिला लघुवित्तको खुद नाफा वृद्धि

beemaadmin
२०८१ कार्तिक २३, शुक्रबार

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१–८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले २ करोड ७६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्म संस्थाले १ करोड ८ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च ६.२२ प्रतिशतले बढेर १ करोड ९० लाख र अन्य सञ्चालन खर्च पनि ६०.६२ प्रतिशतले बढेर ७० लाख १६ हजार रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार २४.९३ प्रतिशतले बढेर १५ करोड २८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ६ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.१८ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ईपीएस २०.६३ रुपैयाँ,प्रतिसयर नेटवर्थ १७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ८०.४१ गुणा र तरलता अनुपात १०.३८ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार