free website hit counter

मिर्गौला प्रत्यारोपणमा तानिए तीन डाक्टरसहित दर्जन मानिस

beemaadmin
२०७७ असार २८, आईतवार

काठमाडौं । मृर्गौला प्रत्यारोपण कानुन सहज नहुँदा आम सर्वसाधारणले सास्ती भोगिरहेका छन् । त्यसैले प्रत्यारोपणका लागि नक्कली कागजात तयार पार्ने देखि नातागोता प्रमाणित गर्ने काम भइरहेका छन् । परिवार बाहेकका व्यक्तिले सहज रुपमा मृगौला दिन सक्ने कानुनी व्यवस्था नेपालमा छैन । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ। अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ। उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार