free website hit counter

मिर्मिरे लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८० माघ ३, बुधबार

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०–०८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले चालू आवको उक्त अवधिसम्ममा ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.४८ प्रतिशतले कमी हो । गत आवको सोहि अवधिसम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५.८४ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा १७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २४ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसैगरी उक्त अवधिमा कम्पनीको खूद फी तथा कमिशन आम्दानी पनि ११.५१ प्रतिशतले घटेको छ। त्यस्तै कुल सञ्चालन मुनाफा पनि २१.९५ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ४१ दशमलव ४८ प्रतिशतले घटेको छ।६६ करोड ५७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा कम्पनीको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७.५७ रुपैयाँ घटेर १०.२२ रुपैयाँमा झरेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६४.४१ रुपैयाँ छ।

सम्बन्धित समाचार