free website hit counter

मुक्तिनाथ दुई खातामा सुविधौ सुविधा

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । ग्राहकलाई सुविधा थप्ने होडबाजीमा बित्तीय संस्थाहरु रहेका छन् । अहिले सामान्य खातामा पनि लाखौंको दुर्घटना बीमादेखि औषधि उपचारको समेत व्यवस्था बैंकहरुले गरिरहेका छन् । यही बेला मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ–संस्थालगायतका संघ–संस्थालाई लक्षित गरी मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खाता र मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता नामक बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौज्दात एक हजारमा कुनै पनि संघ–संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ–संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखको दुर्घटना मृत्यु बिमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।
मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने जनाइएको छ । साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात एक सयमा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यु बिमाको सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार