free website hit counter

मुक्तिनाथ विकास बैंकले शुरु गर्यो ई–ट्रेलर सेवा

beemaadmin
२०७७ आश्विन २, शुक्रबार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले कोरोनाको महामारीको विषम परिस्थितिमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–ट्रेलर सेवा सञ्चालनमा ल्याएको छ । ई–ट्रेलरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्नेछन् ।
यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले गरेका थिए । बैंकले नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–ट्रेलर सेवा सञ्चालनमा ल्याइएको हो ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार