free website hit counter

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, फेरि पोखरेलकै सरकार

beemaadmin
२०७८ बैशाख १९, आईतवार

बुटवल । केन्द्रको किचलो प्रदेशहरुले पनि भोगिरहेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार बिहान प्राप्त राजीनामा स्वीकृत गरेका हुन् । साथै, संविधान बमोजिम अर्को सरकार नबन्दासम्म मौजुदा मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषद्को कार्यभार सम्हाल्न आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले बताए । संविधानको धारा १६८ को १ बमोजिम राजीनामा स्वीकृत गरेको पत्रमा उल्लेख छ ।

पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय
नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए । पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार