free website hit counter

मुख्यसचिवमा डा अर्याल, बैरागी सुरक्षा परिषद्को सल्लाहकार

beemaadmin
२०८० जेष्ठ ३२, बिहीबार

काठमाडौं । सरकारले मुख्यसचिवमा डा।बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बहाल रहेका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गरिएको हो । हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ ।

बैरागी सुरक्षा परिषद्को सल्लाहकार
सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीले शपथसमेत गराइसकेका छन् । ३ महिनापछि मुख्यसचिवबाट अवकास पाउन लागेका बैरागीलाई सरकारले मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो । मुख्य सचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए । त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए । यस्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा। बैकुण्ठ अर्याललाई मुख्यसचिवका रुपमा नियुक्त गरेको छ ।

सम्बन्धित समाचार