free website hit counter

मृतकका परिवारलाई एशियन लाइफद्वारा १२ लाख भुक्तानी

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

बारा । एशियन लाइफ इन्सोरेन्स कम्पनीले बीमितको घरमै पुगेर दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी वापत १२ लाख रुपैयाँ बीमितको घरैमा पुगेर भुक्तानी गरेको हो ।

एशियन लाइफ इन्सोरेन्सको कलैया शाखाले बीमित कलैया–८ स्थित लहेरवा टोल बस्ने ४४ वर्षीय कमल गोसाईको घरमै पुगेर १२ लाख रुपैयाँ ६५ हजार चेक रकम प्रदान गरेको हो । बीमित गोसाईको जिप दुर्घटनामा परी गत फाल्गुण ६ गते निधन भएको थियो । गोसाइले २०७५ चैत्र २९ गते १५ वर्षीय ५ लाखको दम्पती सुरक्षा प्लस बीमा गराएका थिए ।

Advertisement
Advertisement

पहिलो किस्ता बापत गोसाईले ४५ हजार ९ सय २९ रुपैया मात्र बुझाएकोमा उनको निधन भएको थियो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । त्यस्तै, गोसाइले २०६९ साउन ९ गते १ लाखको १५ बर्षिय अग्रिम भुक्तानी बीमा योजना गराएका थिए । दम्पती सुरक्षा प्लस बीमा वापत १० लाख २६ हजार पाँच सय र १५ बर्षे अग्रिम भुक्तानी बिमा योजना अन्तरगत २ लाख ३८ हजार सात सय गरी जम्मा १२ लाख ६५ हजार दुई सयको चेक प्रदान गरेको हो ।

Advertisement
Advertisement

दम्पत्ति सुरक्षा बीमा अन्तर्गत गोसाईकी पत्नी मन्जु देवीको जोखिम एशियन लाईफ इन्स्योरेन्सले अझै बहन गर्ने बताउँदै बीमा अवधी समाप्तीमा पुनः पाँच लाख पुन भुक्तान गर्ने प्रबन्धक परियारले प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार