free website hit counter

मेगाको पोल्टामा बैंक अफ दी ईयर २०१९

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौं । लण्डनस्थित फाईनान्सियल टाईम्सले हरेक वर्ष प्रदान गर्ने बैंक अफ दी ईयर २०१९ अवार्ड हात पार्न मेगा बैंक नेपाल सफल भएको छ । हरेक वर्ष उत्कृष्ट बैंकलाई प्रदान गरिने उक्त अवार्ड यस वर्ष मेगाले जित्न सफल भएको हो । ९ वर्षअघि स्थापना भएको मेगाको १० अर्ब ३८ करोड चुक्ता पुँजी छ भने वासलात १०२ अर्ब रूपैयाँ बराबरको रहेको छ ।

निक्षेप संकलनमा अग्रणी मेगाले करिव ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५–०७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिँदै आएको मेगाका १०२ वटा शाखा सञ्जाल रहेका छन् । १९ वटा एक्टेन्शन काउन्टर विस्तार गरेको बैंकको २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

गत बर्ष एनएमबी बैंकले सो अवार्ड प्राप्त गरेको थियो । मेगा बैंकले संचालन जोखिमलाई न्यून गर्न सफल भएकोमा फाईनान्सियल टाईम्सको निर्णायक मण्डलले यस वर्ष उसलाई छनौट गरेको बताइन्छ ।  हलोदेखि हाइड्रोसम्म भन्ने मूल नारालाई आत्मसाथ गरेको मेगाले बैंक अफ दि ईयरको उपाधी पाएको छ । नोभेम्बर २८ मा लण्डनमा हुने फाईनान्सियल टाईम्सको विशेष कार्यक्रममा यो अवार्ड प्रदान हुनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार