free website hit counter

मेडिकल कलेज सञ्चालक प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

beemaadmin
२०७६ माघ २, बिहीबार

काठमाडौँ । मेडिकल कलेज सम्बन्धनका विषयमा घुस मागेको आरोप लगाएपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र  बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईबीचको विवाद उत्कर्षमा पुगेको छ ।
जिल्ला अदालत भक्तपुरले अनुमति दिएपछि बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध दिएको उजुरीका आधारमा अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

नेकपाका अध्यक्षद्वयलाई घरमा बोलाई मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक गरेपछि प्रसाई निकै चर्चामा आएका थिए ।

गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगे पनि उनी त्यहाँ भेटिएनन् । पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

सम्बन्धित समाचार