free website hit counter

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ८४६ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ बैशाख २०, बिहीबार

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४६.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख मात्रै खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी १५।५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको चैत मसान्तसम्म ४६ करोड ९७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ६६ कररोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कर्मचारीका लागि ३५ करोड १८ लाख र १० करोड १७ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड १२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ८८ लाख रुपैयाँ छुट्टाएको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १३ करोड ४९ लाख रुपैयाँ छुट्टाएको थियो ।कम्पनीको इम्पेयरमेन्ट चार्ज ७१।२४ प्रतिशतले घटेकाले कम्पनीको नाफामा उछाल आएको हो । कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ३७ लाख रुपैयाँ र रिजर्भको आकार ६१ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो। ३ अर्ब ३९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १३ अर्ब ९९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ९.१० प्रतिशतबाट घटेर ७.६१ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.५१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५३.७२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १०१.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.३२ गुणा र तरलता अनुपात २.६९ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार