free website hit counter

मोटी श्रीमती चढ्दा श्रीमानको ज्यान गयो

beemaadmin
२०७८ जेष्ठ ८, शनिबार

एजेन्सी । श्रीमान श्रीमती कोही मोटा कोही दुब्ला त अवश्य हुन्छन् मोटो व्यक्तिलाई मोटै जोडी खोज्न सम्भव पनि भएन । मोटी श्रीमती आफूमाथि चढेर थिचेपछि एक श्रीमानको निसास्सिएर मृत्यु भएको छ । श्रीमान श्रीमतीबीच विवाद भएका बेला रिसाएकी १ सय १ किलो तौलकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृत्यु भएको हो । घटना रुसको साइबेरियाको हो । ती श्रीमती मदिराको नशामा रहेको समाचारमा जनाइएको छ । घटनामा बेला ती महिलाले अत्याधिक मदिरा पिएकी थिइन् र उनी आफ्ना श्रीमानलाई चुप गराउन चाहन्थिन् । न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएरविवाद सुरु भएको थियो र विवाद विस्तारै बढ्दै गयो । यस क्रममा श्रीमती तात्याना ओ मदिराको नशामा थिइन् । श्रीमतीले श्रीमान एइदरलाई माफी माग्न भनिन् तर श्रीमानले माफी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टाउकोमा बसिन् । रिपोटर्छका अनुसार महिलाको तौल १०१ किलो थियो ।

उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सास फेर्न नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन । यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृत्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृत्यु भइसकेको थाहा पाइन् ।

महिलाले आफूले श्रीमानलाई मार्च नचाहेको बताएकी छिन् । उनका अनुसार उनका श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् । यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी थियन् । सुरुमा महिलामाथि हत्याको अभियोगमा मुद्दा चलाइएको थियो । तर, सुनुवाइको क्रममा उनीमाथि लगाइएको हत्याको अभियोग हटाएर उनलाई लापरवाही गरेर मृत्युको कारण बनेको आरोपमा मुद्दा चलाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार