free website hit counter

मोडललाई १ रातको ३ करोड अफर….

beemaadmin
२०७८ जेष्ठ १३, बिहीबार

एजेन्सी । विश्व बजारमा अनेक सुन्न र देख्न पाइन्छ । युवतीहरु आइफोनका लागि कुमारित्व लिलामको सूचना जारी गर्छन् । यही बेला बेलायतकी ग्ल्यामर मोडल रायन सगडेनले आफूले गरेका सामाजिक संजाल पोस्टका कारण कैयौं पटक ट्रोलको सामना गर्नुपर्छ । यद्यपि उनी ट्रोलरहरुलाई जवाफ पनि दिन्छिन् र कहिलेकाहीँ उनीहरुलाई सार्वजनिक रुपमा बेइज्जत पनि गरिदिन्छिन् । पछिल्लो समय पनि उनले सामाजिक संजालमार्फत एक धनाढ्य व्यापारीलाई सार्वजनिक रुपम्मा बेइज्जत गरिदिएकी छिन् । डेलीमेलका अनुसार ३४ वर्षीया रायनले इन्स्टाग्राममा एउटा स्टोरी शेयर गरिन् । उनले स्टोरीमा पछिल्ला केही दिनयता आफूलाई प्रपोजल र अफर आइरहेको बताइन् । यस्ता प्रस्तावले आफू केही तनावमा भएको बताउँदै उनले एक प्रतिष्ठित व्यवसायीले त आफूसँग १ रात बिताउनको लागि २ लाख पाउण्ड (३ करोड २९ लाख रुपैयाँ) दिन तयार रहेको बताएको खुलासा गरिन् । रायनले लेखेकी छिन् ‘म आफ्ना फ्यान र फलोअरहरुको भावनाको सम्मान गर्छु तर उहाँहरुले पनि यो बुझ्नु पर्छ कि मलाई यी सब चीजहरुमा कुनै रुचि छैन । यसरी अफर दिनेहरु आफ्नो सीमामा बस्नुपर्छ किनकि उनीहरुलाई यसरी कुरा गर्ने कुनै अधिकार छैन ।’ रायनले ओलिभर ज्याकब मेलरसँग बिहे गरिसकेकी छिन् । ओलिभर अभिनेता र पर्सनल ट्रेनर हुन् । ओलिभर २०१८ को शो कोरोनेसन स्ट्रीटमा डाक्टर म्याट कार्टरको भूमिका निभाएर चर्चामा आएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार