free website hit counter

मोबाइल महामेलाका भाग्यमानी सुवाल

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

काठमाडौं । आरबीबी मोबाइल बैङ्किङ महामेलाको मेगा विनर भक्तपुरका कैलाश सुवाल बनेका छन् । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार तथा छठ जस्ता ठूला चाडवाडलाई मध्यनजर गरी देशैभरी मोवाइल बैंकिङ्ग स्टलहरु सञ्चालन गरेकोमा लक्की ड्रमा सुवाल छानिएका हुन् । सुवालले जोडीसहित ५ दिने थाईल्याण्ड भ्रमणको प्याकेज उपहार पाएका छन् ।

भाद्र १८ देखि असोज ३० सम्म सञ्चालित यस मोबाइल बैंकिङ्ग महामेलामा अन्य ५ जना पनि पुरस्कृत भए। यसरी पुरस्कृत हुनेमा सनम राई भद्रपुर, धु्रबकुमार शाही दीपायल, प्रकाश बोहरा ठमेल, हिरा खनाल बानेश्वर र सुजन पराजुली सन्धिखर्क रहेका छन् । उनीहरुलाई स्मार्ट मोबाइल फोन उपहार दिइएको छ ।

मोबाइल बैंकिङ्ग विग मेला कार्यक्रम जस्तै युवा लक्षित अन्य कार्यक्रमहरु समेत अबका दिनहरुमा अझ सशक्त रुपमा अघि बढाइने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार