free website hit counter

मोवाइलले गुप्तांग छोपेर नाङ्गै सांसद बैठकमा ठिङ्ग

beemaadmin
२०७८ बैशाख १०, शुक्रबार

एजेन्सी। कुनै सांसद जस्तो व्यक्ति मोवाइलले गुप्तांग छोपेर सांसद बैठकमा ठिङ्ग उभियो भने त्यहाँको वातावरण कस्ता भयो होला ? अनुमान मात्रै गर्न सकिन्छ । क्यानडामा एक सांसद आफ्नो हर्कतका कारण आलोचित भएका छन् । जुम बैठकमा ती सांसद सर्वांग नाङ्गो अवस्थामा उपस्थित भएका थिए । उनले गुप्तांग भने मोवाइल फोनले छोपेका थिए । उनको यो हर्कतको कडा निन्दा भइरहेको छ । त्यहाँकी एक महिला सांसदले यो घटनालाई सहन नसकिने बताएकी छिन् । ग्लोबल न्युजका अनुसार क्युबेकका सांसद विलियम अमोस सत्ताधारी लिबरल पार्टीको तर्फबाट सांसद छन् । यो घटनाप्रति उनकै पार्टीका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने कुनै प्रतिक्रिया दिएका छैनन् । यो घटना भएका बेला बैठकमा प्रश्नोत्तर सत्र चलिरहेको थियो । यही बेला सांसद अमोसको क्यामेरा अन भयो र उनी निर्वस्त्र अवस्थामा देखिए । यो घटनाप्रति विपक्षी पार्टीकी सांसद क्लाउडे बेलेफियोलीले कडा प्रतिक्रिया व्यक्त गरेकी छिन् ।
बेलेफियोलीले भनिन् ‘यो सब सहन सकिन्न । सांसदहरुले ठिक तरिकाले कपडा लगाउनुपर्छ । यस किसिमका साना साना कुराहरु बताइरहनु जरुरी हुनु हुँदैन । खासगरी पुरुष मित्रहरु यसको ख्याल गर्नुस् । उहाँहरुले टाइ र ज्याकेट लगाउनु पर्छ । पछिल्लो समय सांसदहरु हाफ पाइन्ट लगाएरै बैठकमा सहभागी भएको देखिएको छ ।’ क्यानडामा सांसदको लागि निश्चित ड्रेस कोड छैन तर पुरुषहरुले बिजनेस सुट, ज्याकेट, सर्ट र टाइ लगाएको राम्रो मानिन्छ । विलियम अमोसले यो घटनापछि सामाजिक संजालमार्फत माफी मागेका छन् । उनले भनेका छन् ‘मबाट आज ठूलो गल्ती भएको छ । यसको लागि म लज्जित छु । मेरो क्यामेरा गल्तीवश खुला रह्यो । मैले बैठकको कपडा फेरेर जगिङको कपडा लगाउन थालें । बैठकमा सहभागी सबै मित्रहरुसँग माफी चाहन्छु । म विश्वास दिलाउन चाहन्छु कि फेरि यस्तो घटना हुने छैन ।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार