free website hit counter

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । चुनावको दुई दिनअघि सुरु भएको मौन अवधिमा विशेष गरी मधेश प्रदेशमा चुनावी खेलोफड्को सुरु भएको छ । मतदातालाई प्रभावित बनाउनका लागि प्रलोभन देखाउनेदेखि नक्कली मतपत्रसहित प्रहरीले दुई जना उम्मेदवारलाई पक्राउ गरेको छ। मंगलबार प्रहरीले पर्साको बडनिहार क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज चौधरीलाई पक्राउ गरेको छ । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गाडीमा केही शंकास्पद वस्तु फेलापरेको प्रहरीले जनाएको छ । उनी पर्सा क्षेत्र नं २ का उम्मेदवार हुन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।

सम्बन्धित समाचार