free website hit counter

म्यादी प्रहरी बलात्कार आरोपमा समातिए

beemaadmin
२०७९ बैशाख १९, सोमबार

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

सम्बन्धित समाचार