सामान्यतया मुनाफामा सरिक नभई निश्चित अवधिको जोखिम बहन गर्ने बीमालाई म्यादी बीमा भनिन्छ । यस बीमाको शुल्क धेरै सस्तो हुन्छ । बीमक अनुसार केही दररेट फरक हुन सक्दछ जसमा प्रतिहजार ३ देखि ५ रुपैयाँ पर्द सक्दछ ।
जीवन बीमा गर्दा/गराउँदा बिक्री गरिने पूरक बीमालेखहरू जस्तै : एडीबी, एडब्लुबी, पीजेडी, सीआई एउटा क्षेत्रमा जोखिम बहन गर्ने बीमालेख पर्दछ । सामान्यतया यो बीमालेख चल्ती चलनमा थिएन तर विगत केही वर्षदेखि नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि निश्चित बीमाङ्क रकमको म्यादी बीमा अनिवार्य गर्न थालेपछि यसको चर्चा बढ्न थाल्यो र बीमाको पहुँच मजदूरसम्म पुग्न सफल भयो । यस्तो प्रकारका म्यादी बीमा धेरै प्रकारका हुन्छन् जसमा वार्षिक रुपमा नविकरण गर्ने, निश्चित अवधिपछि नविकरण गर्ने, परिवर्तनशील र ह्रासतल गरी विविध प्रकारका हुन्छन् ।
एक वर्षको अवधिको म्यादी बीमा गरिएको भए अवधि समाप्ति भएपछि नविकरण गरे मात्र जोखिम बह हुनेलाई वार्षिक नविकरणीय म्यादी बीमा भनिन्छ । त्यसपछि बीमाशुल्क नबुझाई वा नविकरण नगरेमा बीमालेख निस्क्रृय रहन्छ र जोखिम बहन हुँदैन । रोजगार दाताको करार अवधि २/३ वर्षको हुँदा त्यति नै वर्षको बीमाशुल्क तिर्नु पर्दछ र फेरि करार अवधि थपिएमा बीमा गरिएको अवधि सकिएपछि नविकरण शुल्क बीमकलाई बुझाउनु पर्दछ ।
जसलाई नविकरणीय भ्यादी बीमा भनिन्छ । म्यादी बीमालाई सावधिक वा आजिवन जीवन बीमा पनि परिणत गर्न सकिन्छ । यसलाई परिवर्तनशील म्यादी बीमा भनिन्छ तर बीमाशुल्क उमेरअनुसार बढ्दै जान्छ । म्यादी बीमा समतल प्रकारको पनि हुन्छ । जसमा लामो अवधिको बीमा गर्दा पनि बीमा शुल्क एउटै दरको तिर्दा हुन्छ ।
जुन सावधिक जीवन बीमामा जस्तै हुन्छ । उदाहरणको लागि २० वर्षको लागि म्यादी बीमा १० लाखको गरिएमा प्रतिवर्ष रु ३५०० तिर्न पर्दछ भने बीमाअवधिभर यसको बीमाशुल्क त्यतिनै तिर्ने हो उमेर अनुसार बढ्दै जाँदैन तर त्यसपछि फेरि म्यादी बीमा गर्दा उमेरअनुसार बीमा शुल्क बढी हुन्छ । वा २ वर्षको म्यादी बीमा गरियो अवधि सकियो भने फेरि म्यादी बीमा गर्नुपर्दा बीमा शुल्क बढी हुन्छ ।
प्राय चल्तीमा नरहेको ह्रासतल नरहेको ह्रासतल म्यादी बीमा पनि हुन्छ । यसको अवधिभर बीमा शुल्क समान वा एउट हुन्छ तर क्षतिपूर्तिको रकम वा दायित्व घट्दै जान्छ । यसरी म्यादी बीमा धेरै प्रकारका जसमा शुल्क, अवधि, जोखिम र उमेर अनुसार दायरा फरक हुन सक्दछ ।
म्यादी बीमा अत्यावश्यक छ त ?
नेपाली नागरिक वैदेशिक रोजगारीमा जाँदा १/२ लाख खर्चेर १०/२० लाख कमाउने आशामा गएका हुन्छन् वा आफ्नो परिवारको समृद्धिको कल्पना गरेका हुन्छन् । कतिपयको नसोचेको घटना घट्छ जसमा दुर्घटना, मृत्युर र असाध्य रोग ।
यस्तो अवस्थामा विशेष गरी मध्यपूर्वका देशहरू वा खाडी मुलुकमा न त स्वास्थ्योपचार गरिन्छ नत क्षतिपूर्ति नै दिइन्छ । यसको विकल्पमा नेपाल सरकारले पीडित परिवारको क्षतिपूर्ति गरी आर्थिक अवस्था कमजोर नहोस् भनेर निश्चित देशमा काम गर्न जाने कामदारको निश्चित रकमकोम्यादी बीमा गर्नै पर्ने स्थिति लगाएर बीमाको महत्वलाई प्रकाश पारेको देखियो ।
जसमा राज्यले होइन बीमकले पो नागरिकको दायित्व अग्र आर्थिक अवस्थामा कायम राख्ने भयो र यसको महत्व बढ्दै गयो । म्यादी बीमा सबैलाई जरुरी त छ नै झन् विदेश गई काम गर्नेहरूको लागि अत्यावश्यक नै छ ।
म्यादी बीमाको भ्रम
म्यादी बीमालाई मानिसहरू जीवन बीमा जस्तै गरी बुझ्दछन् यो गलत हो । यस बीमामा बीमित वा बीमा लेख खरिद गरेको व्यक्तिको मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा मात्र क्षतिपूर्ति पाइन्छ र कुनै बीमकले औषधोपचारको खर्च पनि दिन सक्दछन् तर बिल बुझाउन अनिवार्य हुन्छ ।
कतिपय बीमितहरू यति लाखको बीमा गरेको र दुर्घटना भयो तर त्यतिनै रकम पाउनु पर्ने जिकिर गर्दछन् यो गलत हो । यहाँ बीमित वा कमाउन गएको व्यक्तिका मृत्यु भएमा वा पूर्ण रुपमा असक्तता वा कमाउन नसक्ने भएमा आश्रित परिवार वा स्वयंलाई आर्थिक भार नहोस् भनेर बीकले क्षतिपूर्ति दिने हो नाफा दिने होइन ।
हाल चल्तीमा रहेको वैदेशिक रोजगार म्यादी बीमाको उद्देश्य नै प्रमुख व्यक्तिको अनुपस्थिति भएमा बीमा कम्पनीले प्रमुख व्यक्तिको भूमिका खेल्ने वा बीमाङ्क रकम आश्रित परिवार वा कानुनले मान्य नजिकको नातेदारलाई हस्तान्तरण गरी परिवार सुरक्षित र सूचारु राख्ने हो ।
म्यादी बीमाको यथार्थ
न्यूनतम शुल्कमा अधिकतम जोखिम बहन गर्ने यस बीमा सबैले गर्नु जरुरी छ । जीवन बीमा जस्तो मुनाफामा सरिक हुने र बीमा शुल्क पनि बढी हुने भई आर्थिक भार नै पर्दैन ।
हुन त जीवन बीमा आफैंमा अपरिहार्य छ तर सबै तह तप्काका व्यक्तिको पहुँच, सोच र उद्देश्य यसमा फरक हुन्छ । यस बीमाले खासमा व्यक्तिको मृत्युपछि परिवारमा आउने आर्थिक भारलाई थेग्दछ वा त्यो परिवारको आर्थिक अवस्था गिर्न पर्दैन बरु माथि उकासिन सक्दछ ।
म्यादी बीमा र जीवन बीमालाई उस्तै मान्ने प्रवृत्ति
वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको जब समस्या पर्दछ तब बमिा गरेको रकम वा बीमाङ्क नै क्षतिपूर्तिको न्यूनतम आधार हो भन्ने ठान्दछन् जुन गलत प्राय हो ।
जीवन बीमामा घटना नघटे पनि बीमाको अवधि पूरा भएपछि बीमा गरिएको रकम (बीमाङ्क रकम) र बीकमले थमाएको आम्दानी (आर्थिक मुनाफासहित) बीमितलाई वा बीमा गरेको व्यक्तिलाई भुक्तानी गरिन्छ भने म्यादी बीमामा बीमाङ्क रकमको मात्र निश्चित घटना घटेको अवस्थामा मात्र बीमकले भुक्तानी गर्दछ । म्यादी बीमा घटनामा मात्र आधारित हुन्छ भने जीवन बीमा नाफाको हिस्सेदार पनि हुन्छ ।