free website hit counter

म्यानका अध्यक्ष श्रेष्ठको भव्य स्वागत

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्ष पदमा निर्वाचित राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक व्यवस्थापनले भव्य स्वागत गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागत तर्फ कार्यकारिणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकोमा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले म्यानेजर अफ दि इयर २०१९ पुरस्कार पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्दै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारीणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार