free website hit counter

यत्ति भएसि केटी पट्टी (संकेतसहित)

beemaadmin
२०७७ आश्विन १४, बुधबार

उमेर पुगेका युवाको चाहना हुन्छ कुनै राम्री युवती आफूप्रति आकर्षित होस् । उसलाई प्रेममा पार्न सकुँ । उसैसँग जीवन काट्न पाइयोस् । तर सबैले यो कुरामा भाती पुर्याउन पनि सक्दैनन् र युवतीको इशारा नबुझ्दा जोडिन लागेको सम्बन्ध टुट्ने गरेको पनि छ । जब कुनै युवकले कुनै युवतीलाई मन पराउँछन्, तब उसले तपाईंलाई इम्प्रेस गर्न कोसिस गर्छन् र त्यस्ता केही संकेत दिन्छन्, जसमार्फत कुरा युवतीको मनसम्म पुग्न सकोस् । यस हर्कतलाई तपाई उनीहरुको फ्लर्टिङ क्षमता पनि भन्न सक्नुहुन्छ । तर, यस्तो होइन कि जिस्क्याउन केवल युवकलाई आउँछ । यस मामिलामा युवतीहरु पनि कम छैनन् । युवतीले यदि कसैलाई मन पराउँदैछिन् भने उनी आफ्नो हाउभाउ र व्यवहारमार्फत यसको संकेत दिन्छिन् । उनले त्यस्ता केही संकेत दिन्छिन्, जसबाट थाहा हुन्छन् कि उनले तपाईंलाई मन पराइरहेकी छिन् । खासमा त युवतीहरुलाई कसैले पनि पुरै तरिकाले जान्न सकेको छैन, तर केही त्यस्ता संकेत अवश्य छन्, जसमार्फत तपाईले आफुलाई युवतीले मन पराएको कुरा जान्न सक्नुहुन्छ ।

नजिक आउनु
यदि कोही युवती कुराकानीका क्रममा युवकको नजिक आउँछिन् भने यसको मतलब उनी ती युवकलाई मन पराउँछिन् भन्ने हो ।

कपाल मिलाउनु
यदि युवतीले पटक–पटक आफ्नो हात कपालमा पु¥याउँछिन् । तपाईंलाई देखेपछि कपाल मिलाउँछिन् वा हातले लट्टा चलाउँछिन् भने पक्कै पनि उनलाई तपाई आकर्षक लागेको हुनुपर्छ । उनी तपाईसँग कुराकानी गर्न आतुर छिन् ।

सम्झनुस् आँखाको भाषा
जब महिलाहरुले कसैलाई जिस्क्याउँछन्, तब उनीहरुको आँखाले पनि धेरै कुरा बोलिरहेको हुन्छ । यदि कुरा गर्दा गर्दै केही समय नजर मिलाएपछि उनले आफ्नो आँखा झुकाउँछिन् भने तपाईका लागि उनको मनमा केही खास छ भन्ने सम्झनुस् ।

लुक्दैन मुस्कान
जब युवतीले कसैलाई मन पराउँछन् वा जिस्कन्छन् तब ती व्यक्तिसामु पुग्दा उनको मुस्कान लुक्न सक्दैन । हरेक पटक तपाईंको अगाडि आउँदा उनको अनुहारमा आउने मुस्कानले नै सबैकुरा भन्छ ।

कपडा मिलाउनु
यदी कोही युवतीले कसैलाई मन पराउँछन् भने उनलाई इम्प्रेस गर्न कुनै मौका गुमाउन चाहँदैनन् । यदि तपाईंसामु आउँदा उनले आफ्नो कपडा मिलाएजस्तो गर्छिन् भने संझनुस् उनले तपाईलाई मन पराउँछिन् ।

कुराले रिझाउने
जो महिला केटासँग जिस्कने काममा पोख्त हुन्छन्, उनीहरुले आफ्नो आवाजको पनि राम्रो प्रयोग गर्छन् । उनीहरुले आफ्नो आवाजलाई आकर्षक बनाउँछन् । जसकारण, युवक पनि आकर्षित होस् ।

स्पर्शको महसुस
यदि कुनै जानेरै युवतीले तपाईंको हात वा काँधमा हात राख्छिन् भने यो सिधा संकेत हो कि उनले तपाईंलाई मन पराउँछिन् । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार