free website hit counter

यसकारण महत्वपूर्ण छ– आईजीआई विद्यार्थी बीमालेख

beemaadmin
२०७६ पुष २१, सोमबार

प्रायः जीवन बीमा कम्पनीहरूले बालबच्चाको दुर्घटना बीमा नगरीरहेको आवश्यकता पूरा गर्नलाई आईएमई जनरल इन्स्योरेन्सले बालबच्चाको दुर्घटना तथा औषधोपचार बीमालेख बजारमा ल्याएको छ । तर यस बीमालेख खरिदलाई विद्यार्थी नै हुनु पर्दछ र यस बीमालेख आमा बाबु वा प्रस्तावक/अभिभावको पनि जोखिम बहन गर्दछ । विद्यार्थी १ कक्षादेखि १२ कक्षासम्म पढ्नेलाई यो बीमालेख लक्षित गरिएको छ ।

यस बीमाले कम्तिमा रु २००० (दई हजार) रुपैयाँ देखि ५००००० (पाँच लाख रुपैयासम्म) को जोखिम बहन गर्दछ । यस बीमालेखको शुल्क प्रति विद्यार्थी प्रति वर्ष रु ८६० (आठ सय साठी) निर्धारण गरिएको छ भने विद्यार्थीको मृत्यु भएमा एक लाख र आमा बाबुको मृत्यु भएमा पाँच लाखसम्म क्षतिपूर्ति नजिकको हकदारलाई उपलब्ध गराउँछ भने विद्यार्थीको दुर्घटनाबाट स्थायी असक्तता भएमा दुई महिनासम्मको विद्यालयको/कलेजको शैक्षिक शुल्क बढीमा दश हजार प्रति महिनाको दरले भुक्तानी गर्दछ ।

दुर्घटनाको कारणले बीमितको औषधोपचार गर्न परेमा ५० हजारसम्मको खर्च व्यहोर्दछ भने अस्पतालको सेवाशुल्क प्रतिदिन दुई हजारसम्मको भरथेग गर्दछ । यस बीमालेखले विद्यार्थीको २४ सै घण्टाको जोखिम बहन गर्दछ न कि स्कुल र कलेजसमयको मात्र ।

यस बीमाका विशेष आकर्षणहरू
– २४ सै घण्टा जोखिम बहन हुने ।
– विद्यार्थी र आमा बाबुबो जोखिम बहन हुने ।
– न्यूनतम शुल्कले बढी बीमाङ्कको जोखिम बहन हुने ।
–स्थायी पूर्ण अशक्तता र अर्ध अशक्तता हुँदा पनि क्षतिपूर्ति पाइने ।
– दुर्घटनाको कारणले उपचार गर्न परेमा २५ हजारदेखि २० हजारसम्मको खर्च व्यहोर्ने ।

पूर्ण/स्थायी असक्तता भनेको के हो ?
– दुवै आँखाको दृष्टि सधैंको लागि दुर्घटनाको कारणले गुमेमा ।
– दुर्घटनाको कारणले दुवैहातको नाडी गुमेमा, दुवै खुट्टाको गोलीगाँगोभन्दा तल काम नलाग्ने भएमा ।
– दुर्घटनाको कारणले ठूलो चोट लागी कुनै क्रियाकलाप गर्न नसक्ने भएमा ।
– एउटा हातको नाडी र एउटा खुट्टाको गोली गाँठोभन्दा तलको भाग काम नलाग्ने भएमा वा नाडी, खुट्टाको गोलीगाँठो, आँखाको ज्योति गरेर कम्तिमा दुई वटा अंग काम नलाग्ने भएमा सुन्ने र बोल्ने क्षमता नभएमा यस बीमालेखमा स्थायी पूर्ण असक्तता मानिन्छ ।

स्थायी पूर्ण असक्ततामा पाइने क्षतिपूर्ति
बीमित विद्यार्थीको दुर्घटनाबाट मृत्यु भएमा एक लाख र पूर्ण स्थायी असक्तता भएमा तीन लाखसम्म क्षतिपूर्ति दिइन्छ भने आमा बाबुको दुर्घटनाबाट मृत्यु भएमा रु ५ लाख रुपैयाँ र पूर्ण अशक्तता भएमा पनि त्यत्तिनै रकम बीमकले उपलब्ध गराउँदछ ।

अर्ध स्थायी असक्तता भनेको के हो ?
एउटा हातको नाडी गुमेमा, एउटा खुट्टाको गोलीगाँठो भन्दा तलको भाग गुमेमा वा शरीरको अन्य क्षेत्रमा यसको असर देखिएमा, एएटा आँखाको दृष्टि पूर्ण रुपमा गुमेमा भन्ने बुझिन्छ भने बाबु आमाको सुन्ने र बोल्ने शक्ति नष्ट हुनुलाई पनि बुझाउँछ ।

यसअन्तर्गत पाइने क्षतिपूर्ति
यसअन्तर्गत दुर्घटनाबाट मृत्यु भएमा पूरा बीमाङ्क रकम उपलब्ध हुन्छ भने अन्यमा बीमाङ्कको ५० प्रतिशत रकम उपलब्ध गराइन्छ ।

यसमा समावेश भएका प्राविधिक शब्दार्थ
बीमालेख : बीमा गरिएको प्रमाणपत्र ।
बीमक : बीमागर्ने बीमा कम्पनी ।
जोखिम : भविष्यमा हुन सक्ने क्षति, खतरा, दुर्घटना बहन, ग्रहण गर्नु, स्वीकार गर्नू ।
बीमाशुल्क : बीमा वा जोखिम बापत बीमकले दिने शुल्क ।
जनरल इन्स्योरेन्स : जीवन बीमा बाहेकको बीमा व्यवशाय गर्ने बीमा कम्पनी जसले स्वास्थ्य, ट्राभल, दुर्घटना, घर, सम्पत्ति, उद्योग, कलकारखाना, मार्गस्थ, मेरीन लगायतका जोखिम बहन गरी बीमा सुविधा उपलब्ध गराउँछन् ।

सम्बन्धित समाचार