free website hit counter

यसपटक एसइइ परीक्षा नगरौं

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

..
सरकारले लकडाउन खुलेपछि SEE परीक्षा गर्ने भनेको छ | कोरोना महामारीको समयमा लाखौँ बिद्यार्थी सम्मिलित हुने परीक्षा गर्दा संक्रमण सर्ने ठूलो जोखिम हुन्छ | परीक्षा केन्द्रमा जाँदा, केन्द्रमा जम्मा हुँदा, परीक्षा हलमा ३ घण्टा रहंदा, बाहिर निस्कदा तथा घर पुग्दा संक्रमण १ जनालाई सर्यो भने धेरै विद्यार्थीलाई सर्ने, बिद्यार्थीमार्फत उनीहरुको घरमा सर्ने अनि जोखिम बर्गलाई थप खतरा हुने डर हुन्छ |
एक जुगमा १ पटक आउने यति ठूलो महामारीमा SEE परीक्षा गर्नु हुँदैन | यसै पनि SEE परीक्षाको त्यति ठूलो महत्व छैन | पहिले SLC जस्तै अहिले १२ कक्षाको परीक्षा हो | जसरी ८ कक्षाबाट ९ कक्षामा तथा ९ कक्षाबाट १० कक्षामा बिद्यार्थी चढ्छन्, त्यसै गरि १० कक्षाबाट ११ कक्षामा चढ्ने रुपमा SEE लाई बुझ्नुपर्दछ |
यसपटक विद्यालयले पहिले लिएको परीक्षाको आधारमा कक्षा १० को रिजल्ट घोषणा गर्नु बुद्धिमतापूर्ण निर्णय हुनेछ | कुरा लकडाउन हुनु वा नहुनुसंग सम्बन्धित छैन, कोरोना संक्रमण नियन्त्रणमा आउनुसंग सम्बन्धित छ | कोरोना संक्रमण पुरै नियन्त्रणमा आउन बर्षदिन लाग्न सक्छ | तसर्थ बिद्यार्थीलाई तनावमा राख्नु भन्दा बिशेष निर्णय गरेर सबै बिद्यालयलाई रिजल्ट घोषणा गर्न लगाउनु पर्दछ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार