free website hit counter

यसरी केन्द्रिय अधिवेशनको तयारीमा जुट्दैछ अर्बुद रोग निवारण संस्था

beemaadmin
२०७६ मंसिर २९, आईतवार

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रिय अधिवेशन आगामी पुस १८ र १९ गते हँुदैछ । केन्द्रीय अधिवेशन पुसमा हुने भएपछि मंसिरभित्र जिल्ला तहका अधिवेशन सम्पन्न गर्न केन्द्रको निर्देशन बमोजिम अहिले जिल्लाहरुले धमाधम अधिवेशन गर्दैछन् । हालसम्म ४४ जिल्लामा शाखा रहेको उक्त संस्थाको अहिलेसम्म आधा भन्दा बढी शाखाले अधिवेशन सम्पन्न गरिसकेको केन्द्रका महासचिव विमल होडाले बताउनुभयो । सस्थाका उपाध्यक्ष महेश श्रेष्ठले संस्थाको केन्द्रीय अधिवेशनलाई विधान अधिवेशनको रुपमा सम्पन्न गर्ने तयारी स्वरुप संस्थाले तयारी गरिरहेको बताउनुभयो ।

उहाँकाअनुसार, मुलुक संघीय संरचनामा गइसकेपछिको अवस्थालाई मध्यनजर गर्दै संस्थालाई पनि संघीय संरचनाअनुसार रुपान्तरण गर्ने तयारीस्वरुप अगाडि बढेको बताउनुभयो । संस्थाका महासचिव होडाले अहिलेसम्म सिन्धुली, सुनसरी, सिराह, काठमाडौं, ललितपुर, बाँके, उदयपुर, इलाम, धनकुटा, कास्की, मकवानपुर, अर्घाखाँची, सुर्खेत्, चितवन, झापा, पाँचथर, तापलेजुङ, सर्लाही, बारा, ओखढुगा, म्याग्दी, रामेछाप, दाङ, संखुवासभा, सप्तरी जिल्लाले जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जानकारी प्राप्त भएको बताउनुभयो । बाँकी रहेका जिल्लाहरुले पनि मंसिर २९ र ३० भित्र अधिवेशन सम्पन्न गरेर जानकारी पठाउने बताइएको छ ।

Advertisement
Advertisement


उहाँले मङ्सिरभित्र बार्षिक साधारण सभा सप्पन्न गरि बर्षिक प्रतिबेदन, आगामी बर्षको कार्य योजना, आर्थिक प्रतिबेदन, लेखा परिक्षणसहित र आगामी बर्षको अनुमानित बजेट पारित गरेको जानकारी केन्द्रलाई पठाउन शाखालाई निर्देशन दिएबमोजिम केही शाखाले जानकारी पठाइसकेको र केहीले पठाउन बाँकी रहेको बताउनुभयो ।

Advertisement
Advertisement

यसैबीच, ललितपुर अर्बुद रोग निवारण संस्थाको शनिबार सम्पन्न जिल्ला सभाको प्रमुख अतिथिको रुपमा निम्त्याइएका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संस्थाले चाल्ने रचनात्मक गतिविधिमा महानगरको सधैं साथ र सहयोग रहने बताउनुभयो । उहाँले संस्थाको धापाखेलमा रहेको जग्गामा हस्पिस बनाउने योजना अगाडि सारे महानगरले आर्थिक लगायतका सहयोग गर्न तयार रहेको बताउनुभएको संस्थाका महासचिव विमल होडाले जानकारी दिनुभयो ।
संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) विभिन्न जिल्लाको अधिवेशनमा सहभागी हुनका लागि जिल्ला दौडाहामा रहनुभएको छ ।

सम्बन्धित समाचार